नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १, ४, ६ र ७ गते क्वालालाम्पुरदेखि काठमाण्डौ चार्टर्ड उडान हुने भएको छ ।
नेपाल सरकारले तोकेको प्राथमिकतामा परेका एक हजार ५ जनाको सूची सार्वजनिक गर्दै मलेसियामा रहेको नेपाली दूतावासले स्वदेश फिर्तीको लागि टिकट काट्न सूचना जारी गरेको छ ।
जुन १५ अर्थात असार १ गते नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले पहिलो चार्टर्ड उडान गर्नेछन् । ५२० अमेरिकी डलर अर्थात २२ सय २० मलेसियन रिंगिट भाडा तोकिएको छ ।
यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा परेकाहरुमा सुत्केरी, गर्भवती, बिरामी, सिकिस्त बिरामी परेका पुरुष, अध्ययनका लागि रहेका विद्यार्थी, व्यापारिक तथा पर्यटक भिसामा रहेकाहरु, रोजगारी भिसामा रही भिसा अवधि सकिएका, कोरोनाको कारण रोजगारी गुमाएका, सामान्य रुपमा बिरामी भएको पुरुषहरु, आफन्तको मृत्यु भइ घर फर्कन पर्नेहरु, घर फर्कन चेक आउट मेमो र टिकट लिएर अलपत्र परेका रोजगारी भिसामा रहेका र कम्पनीबाट रोजगारीसहित लामो बिदाको सुविधा पाएकाहरु रहेका छन् ।
नेपाल फर्कन यो प्राथमिकतामा परेका सबै नेपालीले टिकट आफैंले लिनुपर्ने हुन्छ । मलेसियामा रहेकाले हिमालय एअरलाइन्सको नम्बर ०११३७१८९२५२ मा सम्पर्क गरेर टिकट काट्न सकिनेछ ।
आफन्तले एअरलाइन्स कम्पनीमा सम्पर्क गरेर नेपालमा पनि टिकट काट्न सक्नेछन् । सरकारले विदेशबाट घर फर्कने नेपालीले कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र साथमा राख्नुपर्छ । मलेसियाबाट चार्टर्ड जहाजमार्फत फर्कने नेपालीले कोरोना जाँच पनि आफ्नै खर्चमा गर्नुपर्छ ।
सात दिनभित्रको कोरोना जाँचको पीसीआर अथवा आरटिडी जाँच आफू नजिकै रहेको निजी क्लिनीक या अस्पतालमा गएर गर्न सकिन्छ । अहिले मलेसियामा कोरोना जाँचको रिपोर्ट आउन २४ देखि ३६ घण्टा लाग्ने गरेको र यसबारेमा थप जनाकारी दिइने मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।
मलेसियाबाट सबै उडानहरु क्वालालाम्पुर विमानस्थलबाट हुनेछ । यात्रुले अनिवार्य मास्क लगाउनु पर्नेछ भने उडानहुनुभन्दा चार घण्टाअघि नै विमानस्थल पुग्नुपर्नेछ ।
पर्याप्त यात्रु नपुगेमा या अन्य समस्या भएमा उडान तालिक परिवर्तन या रद्द हुन सक्ने दूतावासले जनाएको छ । मलेसियामा अवैधानिक भएर बसेकाको लागि भने मलेसिया सरकाले अहिले आममाफीको कार्यक्रम सञ्चालन नगरेकाले उनीहरु फर्कन पाउनेछैनन् ।
समयमै टिकट नकाटेमा प्राथमिकताअनुसार पछिका यात्रुलाई टिकट काट्ने अवसर दिने भएकाले समयमै टिकट लिन दूतावासले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Subash tamang
June 11, 2020, 6:35 p.m.मालदिभ्स बाट नेपाल जान पाउनेहरूको नाम लिस्ट हेर्न पाउन । मेरो नाम निस्कियो कि निस्केन रहेछ। धन्यवाद
Anish Dahal
June 11, 2020, 2:57 p.m.भीसाको अवधी सकियो /