बुधबार कुवेत, यूएई र अस्ट्रेलियाबाट समस्यामा परेका नेपाली ल्याउने निर्णय

 जेठ २७, २०७७ मंगलबार १६:४०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशमा समस्या भोगेका नेपालीलाई घर फर्काउने सरकारको निर्णयअनुसार बुधबार यूएई, कुवेत र अस्ट्रेलियाबाट नेपाली आउने भएका छन् ।

कोभिड १९ क्राइसिस म्यानेजमेण्ट कमिटी (सीसीएमसी)ले बुधबार कुवेत, यूएई र अस्ट्रेलियाबाट समस्यामा परेका नेपालीलाई ल्याउने निर्णय गरेको हो । अस्ट्रेलियाबाट ११ जना नेपाली आउने निश्चित भए पनि कुवेत र यूएईबाट कति र को को आउने भन्नेबारे छलफल भइरहेको छ ।

दुई देशबाट फर्काइने नेपालीको सूचीबारे भने टुङ्गो लाग्न बाँकी रहेको छ । कुवेतबाट एक र यूएईबाट एक जहाज नेपाली लिएर आउनेछन् । यूएईमा रहेको नेपाली दूतावासले ४१० जनाको सूची पठाए पनि त्यसमा केही तलमाथि हुन सक्नेछ ।

कुवेतबाट भने आममाफीमा सहभागी भएका नेपालीको स्वदेश फिर्तीलाई पहिलो प्राथमिकतामा राखिएको छ । उनीहरुलाई कुवेत सरकारले नै कोरोना जाँचसहित आफ्नै जहाजमार्फत निःशुल्क विमानस्थलसम्म ल्याइदिने कुवेतमा रहेको नेपाली दूतवासले जनाएको छ । दूतावासले २ हजार ९१ जनाको सूची परराष्ट्रमा पठाएको छ । त्यही सूची परराष्ट्रले सीसीएमसीलाई उपलब्ध गराएको छ ।

यूएईबाट घर फर्कने इच्छासहित त्यहाँ रहेको नेपाली दूतावासमा १८ हजारभन्दा धेरैले आफ्नो विवरण टिपाएका छन् भने कुवेतबाट आममाफीमा सहभागी भएकासहित गरेर पाँच हजारदेखि ८ हजारसम्म हुनसक्ने त्यहाँ रहेको नेपाली दूतावासको अनुमान छ । विभिन्न ३० देशमा रहेका नेपाली दूतावासले तत्काल नेपाल फर्काउन पर्ने २४ हजार १४८ जनाको सूची परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन् ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • Bhuwan nepali

    June 10, 2020, 6:03 p.m.

    सरकार म भूवन नेपाली ...४ महिना भयो , लकडाउन शुरु भएदेखि नै मसंग रुम छैन ..नेपाल फर्कने आशमा यहिँ नै ज्यान जाला जस्तो छ / २० भन्दा बढी इमेल,प्रक्रिया अनि प्रतिक्रिया राखें/ तर कुनै रेस्पोन्स आएन / कहिले वाटोमा ..कहिले कसैको घरको छतमा सुत्नुपरेको छ , त्यसैले कृपया उद्दार गरिदिनुपर्यो सरकार 0552762476

  •  0 Reply
  • बिबस राइ

    June 10, 2020, 12:25 a.m.

    मेरो नाम बिबस राई मेरो गुनासो भनेको जहिले पनि लाने मात्र भन्छ कहिले लाने हो कम्पनिमा काम नभएकोले ३ महिना भयो काम नगरीकन कम्पनीले बसलेको खानामा समस्या भएको ले छिटोछिटो उद्दार गरियोस सरकार

  •  0 Reply
  • प्रेम बहादुर कार्की

    June 9, 2020, 10:53 p.m.

    म हाल UAE दुबै को सोनापुर भन्ने थाउमा मा छु , मेरो कारार अवधी सकिएको बिगत 12/1/2020 (बार तरिक,जनवरी ,दुई हजार बीस ) मा हो । तर अहिले सम्म कम्पनिले घर नपठाएको ले म पाँच महिना देखि अत्यन्तै पीडित भइ रोम मा बसेको छु, त्यसकारण नेपाल सरकारलाई मेरो बिनम्र अनुरोध छ मलाई उद्दार गरिदिनु हुन अपिल गर्दछु। मेरो सम्पर्क नम्बर 971 = 0569140237 हाल दुबै सोनापुर ।।।

  •  0 Reply
  • Madhu sudan Karki

    June 9, 2020, 6:55 p.m.

    हामी मलेसियामा अलपत्र परेकाहरुको सुनुवाई कहिले र कसले गर्ने हो ?? कम्पनीले निकालेको छ, भएको पिअसा सकिसक्यो ...खान धौ धौ छ ..के हामी नेपाले होइनौ र कसैले वास्ता नगरेको ?? दुतावासमा आफ्नो डाटा पठाइसक्यो/ हामीलाई कम्पनीले निकालेको नि १ महिना भैसक्यो ...हामी ९३ जना नेपाली अलपत्र छौं / हाम्रो कम्पनी petaling jaya को airfoil services हो / कम्पनीले टिकट किनिदिन्छु भनेको छ / नेपाल सरकारको गैर जिम्मेवारी र निर्णय नहुँदा हाम्रो बेहाल भएको छ / न टिकटको अत्तोपत्तो छ न कोभिद १९ को चेकजांच भको छ ..प्लिज हाम्रो कुरा पनि सुनिदिन पर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया