यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
दाङ - घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालबाट प्रदान हुँदै आएको अन्तरंग र बहिरंग सेवा बिहिवारदेखि फेरि सुरू गरेको छ ।
प्रतिष्ठानले दुई दिन पहिले कोरोनाका बिरामीको उपचार गर्नुपर्ने भन्दै अन्तरङ र बहिरंग सेवा बन्द गरेको थियो । स्वास्थ मन्त्रालयको निर्देशन अनुसार सेवा बन्द गरेको प्रतिष्ठानले सेवाग्राहीबाट भएको चर्को विरोध र दबाबपछि आजबाट नियमित सेवा सञ्चालन गरेको हो ।
प्रतिष्ठानले कोरोनाका बिरामी राख्ने र अन्तरंग तथा बहिरंग सेवा रोक्ने निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गरेलगत्तै जनस्तर तथा सरोकारवाला संघसंस्थाबाट चर्को विरोध भएको थियो ।
प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले विज्ञप्ति निकालेर यसअघिको निर्णयमा पुनर्विचार गर्दै कोरोनाका बिरामी आइसोलेसनमा भर्ना नहोउञ्जेलसम्म आजबाट नियमित रूपमा सेवा प्रदान गरिने जानकारी गराउनु भएको छ ।
सेवा बन्द भएपछि दाङ जिल्ला उद्योग वाणिज्य संघ, नागरिक समाज दाङ तथा घोराही उपमहानगपालिका वडा नम्बर १५ को कार्यालयले सेवा सुरु गर्न तथा कोरोनाका बिरामी भर्ना गर्नुपर्ने भए वैकल्पिक व्यवस्थापनमा जुट्न अपिल गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।