नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहनुभएका कतिको कम्पनी बन्द हुँदा यतिबेला कोठामै बस्नु परेको छ । कतिको भने काम चलिरहेको छ । कोरोना महामारीका बेला काम गर्दा होस् या कोठामै क्वारेण्टीनमा बस्दा सुरक्षाका विभिन्न उपाय अपनाउन सकिन्छ ।
कम्पनीहरुले स्वास्थ्य सुरक्षाका उपकरणहरु दिएन, जोखिममा काम गर्न प¥यो भन्ने श्रमिकको गुनासो सुनिन्छ । कम्पनीले र रोजगारदाताले ध्यान नदिए पनि व्यक्ति आफैंले पनि सुरक्षाका उपायहरु अपनाउनुपर्ने हुन्छ ।
कोरोनाको सङ्क्रमण तेस्रो चरणमा गइसकेका देशहरुमा त अप्ठ्यारो नै छ । कामहरु सबै बन्द भइसकेका छन् । जहाँ अलिकति उद्योगधन्दाहरु खुलेका छन् र काम गर्न पनि गइरहेका छन्, त्यहाँ कम्पनीले नगरे पनि हामी आफैले विभिन्न उपाय अपनाउन सक्छौं ।
विश्व स्वास्थ्य संगठनले भनेजस्तै दूरी कायम गर्ने, मास्क लगाउने जस्ता सावधानीका उपाय अपनाउनुपर्छ । यस्तै कसैलाई रुघाखोकी र ज्वरो आएकोे छ भने त्यो अझै जोखिमपूर्ण हुन्छ र त्यस्तो अवस्थामा अझै सावधानी अपनाउनुपर्छ । यस्तो हुँदा आफू पनि काममा नगइदिनपर्यो । अनि शरीरलाई फाइदा हुने खानेकुराहरु पशस्त खानुपर्यो र पानी पनि प्रशस्त मात्रामा पिउनुपर्यो ।
कामै गर्नुपर्ने भएपछि सकेसम्म त्यो भीडभाडमा नजाऔं र जानै पर्नेछ भने दूरी कायम गरौं । सबै कामदारहरुको आफ्नो स्वास्थ्यको चिन्ता त हुन्छ नै होला र उहाँले सुरक्षाका उपायहरु अपनाउनुहुन्छ होला ।
कतिपय नबुझेको खण्डामा आफूले भए पनि सुझाव दिनुपर्छ । सम्बन्धित अधिकारीलाई यी कुराहरु, यस्तो अप्ठ्यारो छ भनेर पनि भन्नु पर्यो । सबैभन्दा ठूलो स्वास्थ्य हो । त्यही नै गुम्छ भने त कमाउन गएको अर्थ के भयो र ?
यो काम गर्दाको कुरा भयो । यस्तै सेनिटाइजर लगाउने विषयमा पनि ध्यान दिनुपर्ने हुन्छ । सम्बन्धित कम्पनीले त्यहाँको प्रशासन अथवा स्वास्थ्य निकायले पनि यी कुराहरु त पक्कै पनि जानकारी गराएका होलान् । काममा जाँदा त्यो काममा प्रवेश गर्नुभन्दा पहिले सेनिटाइजिङ गर्ने, हात धुने गर्नुपर्छ । यी अनिवार्य कुराहरु हुन् ।
काम गर्ने ठाउँबाट बाहिर निस्किँदा पनि हात धुने र मास्क लगाउने गर्नुपर्छ । कहिलेकाहीँ कसैलाई मास्क लगाए पनि, दूरी कायम गर्दा पनि अथवा सेनिटाइजर प्रयोग गर्दा पनि कोरोना सर्छ कि भन्ने किसिमको डर मानेको देखिन्छ ।
सुरक्षाका उपाय अपनाइराख्दा पनि कोरोना सर्छ कि भन्ने एक प्रकारको मानसिकता पनि हुन सक्छ । अहिलेसम्मको वैज्ञानिक अध्ययनले देखाएअनुसार यो रोग श्वासप्रश्वासबाट सर्ने, खोक्दा हाच्छ्युँ गर्दा सर्ने रोग हो ।
र यसबाट बच्नको लागि हामीले सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छ्यूँ गर्दा त्यो भाइरस हाम्रो आँखामा, नाकमा, मुखमा नपरोस् भनेर सचेत हुनुपर्छ । श्रमिकहरुले त त्यस्तो अवस्थामा काम गर्दा मास्क मात्र होइन चस्मा लगाए अझै सुरक्षित हुन्छ । भयो भने त भाइजर लगाए पनि हुन्थ्यो, जसले पुरै अनुहारलाइै ढाक्थ्यो । त्यो छैन भने चस्मा लगाए पनि सुरक्षित हुन्छ, नाक र मुख त मास्कले छोपिहाल्छ ।
शरीरमा केही अप्ठ्यारो भयो भन्दैमा कोरोना नै लाग्यो भनेर त्यसरी सोच्नु हुँदैन । कोरोना भन्दा अगाडि पनि त धेरै रोग थिए । लाखौं रोग छन् । त्यस्तो आफूलाई लाग्यो भने त्यहाँको स्वास्थ्य व्यवस्था के छ, त्यहीअनुसार आफूलाई जँचाउनुपर्छ, अनि कुन रोग हो भनेर थाहा भइहाल्छ ।
कहिलेकाहीँ काम गर्ने ठाउँमा, श्रमिकहरु बस्ने ठाउँमा एउटै कोठामा पनि धेरै मानिस राख्ने, बाथरुम पनि धेरैले प्रयोग गर्ने गर्दा कोरोना सर्छ कि भन्ने धेरैलाई चिन्ता हुने गरेको छ ।
यस्तोमा उहाँहरुले दूतावासलाई जानकारी दिएको राम्रो हुन्छ । किनभने सम्बन्धित देशमा त्यहाँ रहेको दूतावासले पनि यी कुरा हेर्नुुपर्ने हुन्छ र त्यहाँको सम्बन्धित निकायसँग पनि उहाँहरुले कुरा गर्नुपर्ने हुन्छ । अनि स्वयं आफैले पनि भीडभाडमा बसे पनि स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन सकिन्छ । मनोबल बढाउनुपर्ने हुन्छ ।
सबैभन्दा पहिले उहाँहरुले दूतावासको सम्पर्कमा आउनैपर्ने हुन्छ । दूतावासले पनि केही न केही गरिहाल्छ । आफूले भित्र बस्दा पनि कोरोनाबारेका जानकारी एकआपसमा बाँडेर, सुरक्षाका उपाय अपनाएर पनि सङ्क्रमणबाट जोगिन सकिन्छ ।
मलेसिया लगायत खाडीका देशहरुमा धेरै नेपाली सुरक्षा गार्डको रुपमा कार्यरत हुनुहुन्छ । अग्रपंक्तिमा उभिएर काम गर्दा बाहिरबाट आएका मानिसहरुमा आफूहरु ठोक्किने र यसले गर्दा कोरोना जोखिम बढी हुने भन्ने कुरा गर्नुभएको छ ।
सुरक्षा गार्डसँग पूरा ड्रेस हुन्छ । त्यो लगाइहाल्नुहुन्छ । मास्क पनि छुटाउनु हुँदैन । त्यसैले कसैसँग ठोक्किंदैमा कोरोना लागिहाल्छ भन्ने हँुदैन । यो श्वासप्रश्वास सम्बन्धी रोग भएकाले ठोक्किंदैमा सरिहाल्छ भन्ने हँुदैन । मुख्य कुरा भनेको त्यस्तो भएको खण्डमा हात नधोएसम्म मुख, आँखा, नाक भने छुनु हुँदैन ।
उहाँहरुले त्यस्तो अवस्थामा डिउटी सकिएपछि वा ड्युटीमै पनि सेनिटाइजर प्रयोग गर्न सक्नुहुन्छ । त्यो गर्दा त्यति खतरा हुँदैन । फेरि क्याम्पको अवस्था कस्तो छ, सुरक्षाका उपायहरु कत्तिको अपनाइएको छ भन्नेमा पनि भर पर्छ ।
हैन भने पनि आफू त्रसित नभएर बस्नुपर्छ । सबैभन्दा ठूलो कमजोरी भनेको मानिस अलिकति निराश भयो भने लापरबाहीतिर लाग्ने हुन्छ । चुरोट खाने, रक्सी खानेतर्फ लाग्न थाल्छ । तर यो अवस्थामा त्यस्तो त गर्नै हुँदैन । बरु त्यसको साटो राम्रा खानेकुरा खाने, पानी नियमित पिउने र व्यायाम गर्ने गर्नुपर्छ ।
सबैभन्दा मुख्य कुरा भनेको आफू अनुशासनमा बसेर, मनोबल नगुमाएर बस्नुपर्छ । अर्को कुरा फेसबुकमा आउने जो पायो त्यही समाचारमा नलागेर भरपर्दो समाचार हेर्ने गरौं । यसले पनि उहाँहरुलाई धेरै नै फाइदा हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गौतम एनेस्थेसिया तथा क्रिटिकल केयरका विशेषज्ञ हुनुहुन्छ ।