लुम्बिनी लायन्सकाे मुख्य प्रायाेजकमा एनसेल
मंसिर १६, २०८१ आइतबार
पर्वत – आर्थिक वर्ष २०७४/७५ मा प्राकृतिक विपदबाट पर्वतमा झण्डै चार करोड बराबरको भौतिक क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरी बाढीपहिरो, आगालागी, चट्यान, हावाहुरी असिना जस्ता विपदबाट जिल्लामा अनुमानित तीन करोड ५३ लाख क्षति भएको जनाएको हो ।
विपदमा परि एक वर्षमा सात जनाको ज्यान गएको छ भने १३ जना घाइते र एक बेपत्ता भएका थिए । मानविय तथा भौतिक क्षति भएका परिवारलाई अहिलेसम्म पाँच लाख ६५ हजार रुपैयाँ राहत वितरण गरिएको विपद व्यवस्थापन समितिका संयोजक एवं पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।
पर्वतमा गएको वर्ष ५८ विभिन्न प्रकृतिका प्राकृतिक विपदका घटना घटेका थिए । विपद्मा ३० घर गोठमा पूर्ण क्षति पुगेको छ भने सात घर गोठमा आंशिक क्षति पुगेको र क्षतिबाट तीन सय २६ चौपाय मरेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।