कुवेतमा बुधबार थप ५ नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमित नेपालीको सङ्ख्या २९ पुग्यो

 वैशाख १०, २०७७ बुधबार १९:३६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतमा बुधबार थप पाँच जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव जानकी ओझाले जनाकारी दिनुभयाे । यो सँगै कुवेतमा सङ्क्रमित नेपालीको संख्या २९ पुगेको छ । यसअघि कुवेतमा २४ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

सबै सङ्क्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आफ्ना नागरिक सरह नै सेवा दिइरहेको दूतावासको भनाई छ ।

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका देश र मलेसियामा अहिलेसम्म ९४ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । ६ जना भने निको भएर काममा फर्किएका छन् ।

बहराइनमा ४९, यूएईमा ११, साउदीमा ४, कुवेतमा २९ र मलेसियामा १ जना गरी जम्मा ९४  जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको छ । यसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा एक गरी ६ जना निको भएर काममा फर्किएका छन् ।

यूएईमा एक नेपाली महिलामा मृत्युको चार दिनपछि कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार मृत्युको कारण कोरोना हो भनेर आधिकारिक पत्र भने दूतावासमा आइसकेको छैन ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया