मलेसियामा कोरोना सङ्क्रमित एक नेपाली निको भए

 वैशाख ४, २०७७ बिहीबार ११:६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा कोरोना सङ्क्रमित एक नेपाली निको भएका छन् । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले सङ्क्रमित एक जना नेपाली निको भएर काममा फर्किएको उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म मलेसियामा एक नेपालीमा मात्रै कोरोना सङ्क्रमण भएको दूतावासलाई औपचारिक जानकारी छ ।

राजदूत पाण्डेले मलेसियामा रहेका नेपालीलाई कोरोनाको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउन र लकडाउन उल्लङ्घन नगर्न पनि आग्रह गर्नुभयो ।

मलेसियाले लकडाउनको उल्लङ्घन गरेको आरोपमा १४ जना नेपालीलाई पक्राउ गरिसकेको भन्दै उहाँले यो समयमा सतर्क रहन र मलेसिया सरकारले जारी गरेका नियमको पालना गर्न आग्रह गर्नुभएको छ ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा अहिले भिसा अवधि सकियो के गर्ने भन्ने गुनासा धेरै आएको सन्दर्भमा उहाँले सबै श्रमिकलाई यो बेला धैर्य गरेर बस्न अग्रह गर्नुभयो ।

लकडाउनको अवधि सकिएपछि मलेसिया सरकारले कोरोनाको कारण भिसा सकिंदा पनि घर फर्कन नपाएकाहरुका सन्दर्भमा व्यवस्था गर्ने भन्दै नआत्तिन राजदूत पाण्डेले आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया