एकै पटक दुई लेखक नौ कृति विमोचित

 साउन ११, २०७५ शुक्रबार १९:३९:३२ | रासस
unn.prixa.net

काठमाडौं – राजधानीमा आज दुई लेखकका एकैपटक नौ कृति विमोचन भएका छन् । 

साहित्यकार हरि खनालका क्रमशः परावर्तन (लघुकथा), स्याल, लोटा, गीत गाउने सन्दुक, र काफल पाक्यो (बालकथा), शैरन्दी (नाटक संग्रह), पौराणिक अमर प्रेम (धार्मिक कथा) र साहित्यकार तथा जनमत मासिक पत्रिकाका प्रकाशक तथा सम्पादक मोहन दुवालका जनमतको यो यात्रा (खण्ड–२), जनमतको सडकमा घामसँग (खण्ड–३) लोकापर्ण भएका हुन् । 

कृतिको साहित्यकार एवं पूर्वमन्त्री दीनानाथ शर्मा, प्रा.डा. सुषमा आचार्य, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, प्रा.डा. रामचन्द्र लम्साल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रमोद प्रधान, बुलु मुकारुङ, डा. रामप्रसाद ज्ञवाली, र भुँडीपुराण प्रकाशनका प्रबन्धक केशव पराजुलीले संयुक्त रुपमा विमोचन गर्नुभएको हो । 

सार्वजनिक भएका साहित्यकार मोहन दुवालका दुई कृतिका सम्बन्धमा साहित्यकार नगेन्द्रराज शर्मा, रोचक घिमिरेले र साहित्यकार हरि खनालका सात कृतिका सम्बन्धमा श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, बुलु मुकारुङ, प्रा.डा. रामचन्द्र लम्सालले प्रकाश पार्नुभएको थियो । 

जनमत प्रकाशन नेपाल, भुँडीपुराण प्रकाशन प्रालि र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा सञ्चालन भएको कार्यक्रममा पूर्वमन्त्री दीनानाथ शर्माले साहित्य, कला र धर्मसंस्कृतिको रक्षाबाट मुलुकको समृद्धि हुने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया