साउदी अरेबियाले २०३४ को विश्वकप फुटबलको तयारी थाल्यो
मंसिर २७, २०८१ बिहिबार
तनहुँ - तनहुँमा दुई हप्ताको अवधिमा विदेशबाट फर्किएका २ सय ९७ जनालाई होम क्वरेण्टीनमा राखिएको छ ।
कोभिड-१९ को जोखिम नियन्त्रण गर्नका लागि उनीहरुलाई होम क्वरेण्टीनमा राखिएको हो । उनीहरु सुरक्षितरूपमा घरमा नै बसिरहेका छन् । जिल्लाका प्रत्येक वडामा पुगेर जनप्रतिनिधिले विदेशबाट आउनेको विवरण सङ्कलन गरिरहेका छन् ।
नजिकका स्वास्थ्य संस्थामा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य पाइएपछि होम क्वरेण्टीनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । ‘कोभिड-१९ सँग मिल्ने लक्षण देखा परेको छैन, तैपनि विदेशबाट आएको हुनाले सबैलाई होम क्वरेण्टीनमा राखिएको छ,’अधिकारीले भन्नुभयो ।
जिल्लाका ३४ ठाउँमा क्वरेण्टीन बनाइएको छ तर ती क्वरेण्टीनमा भने अहिलेसम्म कसैलाई पनि राखिएको छैन । त्यस्तै व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा आइसोलेशन कक्ष निर्माण गरिएको छ ।
भीमाद नगरपालिकामा विदेशबाट फर्किएका ९८ जना होम क्वरेण्टीनमा बसेका छन् । ती व्यक्तिहरु विभिन्न १३ देशबाट दुई साताको अवधिमा घर फर्किएको खुल्न आएको छ । यस्तै कोरोना सङ्क्रमित १९ वर्षीय युवती आएको जहाजमा आएका एक यात्रु तनहुँका भएकोे पुष्टि भएको छ ।
उडानमा तनहुँको भीमाद घर भई पोखरा बस्ने गुरुङ थरका एक व्यक्ति रहेको पुष्टि भएको र उनी हाल पोखरामा क्वरेन्टीनमा बसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।
त्यस्तै शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा विदेशबाट फर्किएका ६५ जना भेटिएका छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवका अनुसार नगरपालिकाको १२ वटै वडामा विदेशबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलन गरिएको छ । भारत, दुबई, मलेसिया, माल्दिभ्स, जापान, कतार, श्रीलङ्का लगायतबाट उनीहरु घर फर्किएका छन् ।
‘अहिलेसम्म उनीहरु सबैको अवस्था सामान्य रहे पनि सबैलाई सुरक्षितरूपमा होम क्वरेन्टीनमा बस्न सुझाव दिएका छौँ' श्रीवास्तवले भन्नुभयो । उनीहरु भारत, जापान, अष्ट्रेलिया, साउदी, कतारबाट फर्किएका हुन् । उनीहरुलाई स्वास्थ्य परीक्षणपछि घरमै सुरक्षितरूपमा बस्न आग्रह गरिएको नागिलाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।