साउदी अरेबियाले २०३४ को विश्वकप फुटबलको तयारी थाल्यो
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – कोरोनाको सङ्क्रमण फैलन नदिन साउदीले मुख्य तीन सहरमा कर्फ्युको समय थप गरेको छ ।
साउदीको मुख्य तीन सहर रियाद, मक्का र मदिनामा स्थानीय समय अनुसार दिउँसोको तीन बजेदेखि नै कर्फ्यु लाग्ने छ । यसअघि गएको सोमबारदेखि साउदीले बेलुकी सात बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको छ । कर्फ्युको समयमा हिँडडुल गर्न, समूहमा बस्न प्रतिबन्ध लगाइएको छ ।
यस्तो पाइएमा ९९९ नम्बरमा फोन गर्न पनि साउदीको मिनिष्ट्रि अफ इन्टेरियरले अनुरोध गरेको छ । मक्का राज्यमा हुनेले भने ९११ नम्बरमा फोन गरेर सम्बन्धित निकायलाई जानकारी दिन सकिन्छ ।
साउदीको सरकारी वकिलको कार्यालयले सूचना निकालेर साउदी सरकाले जारी गरेको कर्फ्यु उल्लङ्घन गरेको भिडियो वा कुनै सामग्री फेसबुक वा अन्य सामाजिक सञ्जालमा पोष्ट गर्ने वा कर्फ्यु उल्लङ्घन गर्ने प्रयत्न गर्ने सबैलाई ३० लाख जरिबाना र ५ वर्षसम्म कैद हुनेगरी मुद्दा चलाउन सक्ने भन्दै सतर्क रहन र कर्फ्युको पालना गर्न साउदीमा रहेका सबै नेपालीलाई अनुरोध गरेको छ ।
यस्तै, साउदीले फाइनल एक्जिट भिसा, एक्जिट भिसा, र रि इन्ट्रि भिसा लागेका विदेशी नागरिकलाई यस्तो भिसा क्यान्सल गरी लाग्न सक्ने जारिबानाबाट बच्न पनि अनुरोध गरेको छ । साउदीले कोरोना सङ्क्रमण रोक्न अहिले अन्तर्राष्ट्रिय उडानहरु रद्द गरेकाले यस्तो छाप आफ्नो पासपोर्टमा लागेको भएमा साउदीको आन्तरिक मन्त्रालयको वेवसाइटमार्फत सेवा लिन दूतावासले अनुरोध गरेको छ ।
साथै यस सम्बन्धमा हुनै समस्या भएमा साउदीमा रहेको नेपाली दूतावासको हटलाइन ०५५९३८९६०० नम्बरको ह्वाट्एपमार्फत विवरण पठाएका सहयोग गर्ने दूतावासले जनाएको छ । साथै कोरोनाको जोखिमबाट बच्न सुरक्षा सतर्कता अपनाउन पनि दूतावासले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sher Bahadur Dhanuk.
March 28, 2020, 12:13 a.m.मैले exit paper हालेको ३ महिना भयो /मेरो iqama को मिति अप्रिल ८ तारिख सम्म मात्र बाँकी छ / यस्तो अवस्थामा मैले कसरी नेपाल जान सक्छु, कृपया यो बिषयमा प्रष्ट पारिदिए आभारी हुने थिएँ /