नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा
मंसिर १६, २०८१ आइतबार
चितवन - ‘मेडिकल सिटी’को रुपमा विकसित हुँदै गएको चितवनको भरतपुरमा कोरोनाको रोकथाम र सङ्क्रमणपछिको उपचारलाई सहज बनाउन जिल्लाका सरोकारवालाहरुले सक्रियता देखाएका छन् । त्यसका लागि कोरोनालक्षित स्पेशल टाक्स फोर्स गठन भएको छ ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको संयोजकत्वमा १५ सदस्यीय कोरोना रोकथाम तथा उपचार स्पेशल टाक्र्स फोर्स गठन गरिएको हो । यस्तै, ७० बेड क्षमताको विशेष अस्पताल तयार गरिँदैछ ।
कुल ७० बेडमध्ये ५० वटा जनरल, १० वटा सघन कक्ष (आइसीयू) र अपाङ तथा अशक्तका लागि १० वटा एचडियु बेड रहने छन् । ओपीडी सेवासहितको अस्पताल विशेषज्ञहरुको निगरानीमा सञ्चालन गरिने छ ।
भरतपुरमा रहेकाे चितवन प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा कोरोना विशेष अस्पतालको रुपमा परिणत गर्न थालिएको छ । विशेष अस्पताल आउँदो चैत ७ गते शुक्रबारदेखि सञ्चालन गर्नेगरी काम भइरहेको छ ।
जिल्लामा कोरोना सङ्क्रमणको सम्भावित अवस्थालाई ख्याल राखेर प्रदर्शनी केन्द्रलाई विशेष अस्पतालमा परिणत गर्ने निर्णय गरिएको महानगरपालिकाकी प्रमुख दाहालले बताउनुभयो ।
विशेष अस्पतालको लागि आवश्यक पर्ने उपकरण जुटाउन प्रदेश सरकारबाट समेत बजेट माग गरिने र केही उपकरण जिल्लाका अस्पतालबाट सहयोग जुटाइने छ । चितवनमा कोरोनाका शंकास्पद सबै बिरामीलाई सोही अस्पतालमा राखेर उपचार गरिने छ ।
देशकै मध्यभागमा पर्ने चितवनका धेरै स्थानबाट बिरामी आउने अवस्थालाई मध्यनजर गरी विशेष अस्पताललाई रिफरल अस्पतालको रुपमा सञ्चालित गरिने भरतपुर अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीको भनाइ छ ।
प्रदर्शनी केन्द्र चारैतिर पर्खालले घेरिएको र प्रयाप्त स्थान भएकोले यसलाई अस्पतालको लागि छनौट गरिएको हो । चितवन मेडिकल कलेजले अस्पतालमा हेल्थ डेस्क स्थापना गरेको छ । अस्पतालको गेटबाट तापक्रम नापेर अस्पतालको मुख्य भवनमा नलगी पछाडि रहेको ओपीडीमा परीक्षण गर्ने तयारी गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।