नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
काभ्रे – पनौतीमा टिप्परकाे ठक्करबाट आमा र छोरीकाे ज्यान गएपछि झडप हुँदा प्रहरी र स्थानीय घाइते भएका छन् ।
प्रहरी र स्थानीयबीचकाे झडपमा गोली चल्दा नेपाल प्रहरीका दिलिप बुढाथोकीको देब्रे हातकाे पातोमा गोली लागेको छ । स्थानीय हर्कबहादुर लामा र शरदलाई गोलीको छर्रा लागेको छ ।
झडपमा घाइते भएका दुई जना प्रहरी र तीन जना स्थानीयको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गोली कसले चलायो अझै पत्ता लाग्न सकेको छैन ।
पनौतीमा बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा साेमबार खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उहाँकी तीन वर्षीया छोरी स्मारिकाको ज्यान गएकाे थियो ।
आक्रोशित भिडले प्रहरी बिट जलाएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेकाे थियाे । ठक्कर दिने टिप्परका चालक रोशी गाउँपालिका ६ का नवराज थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।