पालिका उपचुनाव : केही ठाउँमा आजै मतगणनाको तयारी, पर्सि बिह...
मंसिर १६, २०८१ आइतबार
अर्घाखाँची – शितगङ्गा नगरपालिका ६ बाट रोजगारीको लागि भारत गएका २० घरपरिवारलाई आधुनिक माहुरीका घार वितरण गरिएको छ ।
जुकेना गाउँका २० माहुरीपालक कृषकलाई पाँच–पाँच घारका दरले एक सय माहुरीका घार वितरण गरिएको जनचेतना सरोकार मञ्चका कार्यक्रम संयोजक युवराज ज्ञवालीले बताउनुभयो । भारतमा नभइ आफ्नै ठाउँमा केही उद्यम गरी स्वरोजगार बन्नका लागि माहुरीका घार वितरण गरिएको हो ।
जनचेतना सरोकार मञ्च अर्घाखाँचीले अक्सफाम नेपालको सहयोगमा भारतमा काम गर्न गएका कामदारका परिवारलाई आधुनिक माहुरीका घार वितरण गरेको हो ।जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिबहादुर पुलामीले एक कार्यक्रमका बीच कृषकहरुलाई माहुरीका घार वितरण गर्नुभएको हो ।
उहाँले माहुरी पालनका लागि जुकेना उपयुक्त वातावरण भएको भन्दै व्यावसायिक रुपमा लाग्न कृषकलाई आग्रह गर्नुभयो । उत्पादनबिना आर्थिक समृद्धि नहुने बताउँदै उहाँले सबैलाई उत्पादनमुखी व्यवसायमा लाग्न जाेड दिनुभयाे ।
कार्यक्रममा वडाध्यक्ष ऋषि रेस्मी, कृषि ज्ञान केन्द्रका नीमबहादुर आचार्य, नेकपाका मणि अधिकारी, सरोकार सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष मिठु सारु लगायतले मन्तव्य राख्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।