नेपाल एयरलाइन्सको अफर : काठमाडौं–दोहाको दोहोरो भाडा १८ हजार मात्रै

 साउन ९, २०७५ बुधबार १८:५७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी जहाज ‘अन्नपूर्णले’ अगष्ट १ तारिख अर्थात यही साउनको १६ गतेदेखि कतारको दोहा उडान गर्दैछ । २ सय ७४ सिटको जहाज जापान, कोरियालगायतका गन्तव्यलाई लक्षित गरेर ल्याइए पनि सुरुमा कतार, दुबई लगायतका गन्तव्यमा उडान गर्दैछ । 

निगमले नयाँ विमान र नेपाल वायुसेवा निगमका अरु जहाजमा यात्रु आकर्षित गर्न सस्तो भाडादारमा दोहा उडान गर्ने जनाएको छ । निगमको नयाँ जहाजमा १८ हजार रुपैयाँमा काठमाडौंबाट दोहाको दोहोरो टिकट पाउन सकिने निगमले जनाएको छ । एकतर्फीको लागि भने ११ हजार रुपैयाँ तिर्नुुपर्ने छ । यो रकम करबाहेकको हो ।

‘हामीले जहाज ल्याएपछि प्रमोसनल फेयर गरौं भनेर १८ हजार रुपैयाँमा टु वे र ११ हजार रुपैयाँमा वन वे फेयरको व्यवस्था गरेका छौँ’, निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘हामीसँग जहाज थपिँदैछन्, त्यसैले अरु एयरलाइन्स भन्दा सस्तो मूल्यमा उडान गरेर बजार विस्तार गर्ने लक्ष्यअनुसार दोहाको लागि सस्तो फेयरमा उडान गर्ने योजना बनाएका छौँ ।’

निगमको दोस्रो वाइडबडी जहाज भोलि बिहीबार काठमाडौं आउँदैछ । 

अन्तिम अपडेट: मंसिर २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Subash ghimire

    July 28, 2018, 5:03 p.m.

    This is raelly or what?

  •  0 Reply

तपाईको प्रतिक्रिया