साउदी अरेबियाले २०३४ को विश्वकप फुटबलको तयारी थाल्यो
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डाै – कुवेतमा निर्माणस्थलमा पुरिएर चार जना नेपालीको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् भने अरु तीन जना पुरिएका छन् ।
कुवेतको अल–मुत्लामा निर्माणस्थलमा बालुवा र गिट्टीको थुप्रो खसेपछि घाइते भएका सात जनाको उद्धार गरिएकामा चार जनाको ज्यान गएको र उनीहरु नेपाली रहेकाे समाचार संस्था 'अरब टाइम्स' ले जनाएको छ ।
बालुवा र गिट्टीकाे थुप्राेमा पुरिएका अन्य तीन जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । घाइते तीन जनाकाे जाहारा अस्पतालमा उपचार भइरहेको खबरमा उल्लेख छ ।
चिनियाँ कम्पनीले काम गरिरहेको निर्माणस्थलमा बालुवा गिट्टीको थुप्रो खस्दा दुर्घटना भएको हो । ज्यान गुमाएका र घाइते भएकाहरुको पहिचान भने खुलेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।