‘मिस्टर फक्स एण्ड द स्कूल ब्वोई’ कौशी थिएटरमा

 साउन ८, २०७५ मंगलबार १६:२३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धमा आधारित नाटक ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वोई’ कौशी थिएटरमा मञ्चन हुँदैछ । ‘मिस्टर फक्स एण्ड द स्कूलब्वोई’ मंगलबारबाट आउँदो साउन १३ गतेसम्म मञ्चन हुनेछ ।

नाटकमा बालबालिका र प्रकृतिबीचको सम्बन्धलाई प्रस्तुत गरिएको छ । नाटकको संयोजन एवं निर्देशन चे शंकरले गरेका छन्। 

निर्देशक चे शंकरका अनुसार प्राकृतिक एवं ऐतिहासिक सम्पदाहरू जोगाउन पहल गर्ने तथा जीवजन्तुहरुको संरक्षणमा मानिसको दायित्व उजागर गर्ने उद्देश्यसहित नाटक तयार गरिएको हो । 

‘बालबालिकाहरूको जनावरप्रतिको दृष्टिकोणलाई बदल्ने मेरो प्रयास हो’, उनले भने, ‘यस प्रकारका कलात्मक सिर्जनाले नवीनतम् सन्देश प्रवाह गर्नसक्छ ।’ बढ्दो शहरीकरणका कारण जनावरहरूले आफ्ना बासस्थान गुमाइराखेको उल्लेख गर्दै निर्देशक चे शंकरले यस विषयमा बालबालिकामा जागरण पैदा गर्न प्रयास गरिएको प्रष्ट पारेका छन् ।

नाटकमा उमेश पोखरेल र दीपेन्द्र शाहीको मुख्य अभिनय रहेको छ । गार्डेन थिएटरको उत्पादन एवं निर्माण रहेको नाटकमा प्रकाश व्यवस्थापनको जिम्मेवारी दिलजङ गुरूङ पाएका छन् । साथै ध्वनी व्यवस्थापन प्रतीक केसीले गर्दै छन् ।
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया