रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको सटही दर

 माघ २४, २०७६ शुक्रबार १०:१८:५४ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबार १ अमेरिकी डरलको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११४ रुपैयाँ २१ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११४ रुपैयाँ २४ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा थियो।

यस्तै, ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ९४ पैसा तोकेको छ । हिजो यसको खरिदद २९६ रुपैयाँ ५० पैसा रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा तोकेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५६ पैसा र र बिक्रीदर २७ रुपैयाँ ७१ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ६० पैसा र र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो यसको खरिददर ३७३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६० पैसा थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९५ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ०२ पैसा रहेको थियो ।

अन्तिम अपडेट: मंसिर २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया