विराटनगर र पाेखराबीचकाे खेल 'सुपर ओभर' मा
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आन्तरिक रोजगारी प्रवर्द्धन हुनेगरी रोजगारीका सम्भावनाको खोजी गर्ने बताउनुभएको छ ।
बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको मन्त्रालयको अर्धवार्षिक प्रगति समीक्षामा मन्त्री यादवले सीपमूलक तालिमलाई थप प्रभावकारी बनाइ आन्तरिक रोजगारी र स्वरोजगारीलाई उपलब्धीमूलक बनाउनुपर्ने बताउनुभयो ।
समीक्षा कार्यक्रममा मन्त्रालयलाई चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटअनुसार विनियोजित कार्यक्रमको हरेक शीर्षकमा भएको कार्य प्रगतिको बारेमा छलफल भएको थियो ।
मन्त्रालयले चरणवद्ध उपलब्धीको लागि राखेका लक्ष्यमध्ये ७०.५ प्रतिशत लक्ष्यअनुसार नै प्रगति भएको र २८.८ प्रगतिको क्रममै रहेको छ । यस्तै ०.७ प्रतिशत कार्यक्रम सुरु हुनै नसकेको समीक्षाले देखाएकोे छ ।
मन्त्रालयको कार्यलाई अझ बढी नतिजामुखी बनाउन सबै निकायबीच समन्वय र सहकार्य अभिवृद्धि गरी बाँकी काम अवधिभित्रै पूरा गर्न मन्त्री यादवले निर्देशन दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव विनोद केसीले वैदेशिक रोजगारीको ठगीलाई कम गर्न, आन्तरिक रोजगारीलाई प्रोत्साहन दिन र सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउँदै लैजान मन्त्रालयको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।