विराटनगर र पाेखराबीचकाे खेल 'सुपर ओभर'मा
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – कतारको मर्करी मीना इलेक्ट्रोमेकानिकल कम्पनीबाट तलब नपाई फर्किएका श्रमिकलाई बाँकी तलब लिनको लागि सात दिनभित्र सम्पर्क गर्न वैदेशिक रोजगार विभागले अनुरोध गरिएको छ ।
कम्पनीबाट ३ देखि ६ महिनाको तलब नपाई फर्केका ३३ जना श्रमिकलाई नेपालमा रहेको कतारी दूतावासको संयोजनमा बाँकी रकम उपलब्ध गराइने भएकाले आवश्यक कागजातसहित सम्पर्क गर्न विभागले भनेको हो ।
विभागका अनुसार तलब लिन बाँकी रहेका ३३ जना श्रमिकले बैंक खाता विवरण, नेपाली नागरिकता र पासपोर्टको प्रतिलिपिसहित विभागमा निवेदन दिनुपर्छ ।
निवेदन काठमाण्डौको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको कार्यालयका साथै श्रम तथा रोजगार कार्यालयहरु विराटनगर, जनकपृुर, बुटवल, पोखरा, सुर्खेत र धनगढीमा पनि दिन सकिने विभागले जनाएको छ । विदेशमा हुने श्रमिकको हकमा भने नजिकका हकदारले प्रमाणसहित निवेदन दिन सकिने विभागका सुचना अधिकारी भोलानाथ गुरागाईँले बताउनुभयो ।
उनीहरुले काम गरेबापतको ३ देखि ६ महिनासम्मको २ लाख ८५ हजार कतारी रियाल अर्थात झण्डै ८५ लाख रुपैयाँ लिन बाँकी थियो । विभाग र कतारमा रहेको नपाली दूतावासको पहलमा बाँकी रकम दिन कम्पनी सहमत भएको थियो । मर्करी मीना कम्पनी सन् २०१७ मै बन्द भइसकेको भए पनि कतार सरकारको पहलमा श्रमिकले रकम पाउने भएको विभागले जनाएको छ ।
सर्तअनुसारको सेवा, सुविधा र तलब नपाई फर्किएका श्रमिकले एम्नेष्टी इन्टरनेशनल, वैदेशिक रोजगार विभाग र कतारमा रहेको नेपाली दूतावासमा पनि बाँकी रकम पाउँ भन्दै उजुरी दिएका थिए ।
नेपालबाट अल एसिया इन्टरनेशनल प्रालि, राकी इन्टरनेशनल प्रालि, प्याराडाइज इन्टरनेशनल प्रालि, वल्ड भिजन इन्टरनेशनल म्यानपावर र स्काइवेज सर्भिस् प्रालिबाट र केही श्रमिक भने व्यक्तिगत पहलमा श्रम स्वीकृति लिएर मर्करी मीना कम्पनीमा गएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।