'२२ हजार रुपैयाँकाे जागिर लगाइ दिने' प्रलाेभन देखाइ भारततर्फ लैजाँदै गरिएका दुई युवतीकाे उद्धार

 माघ १७, २०७६ शुक्रबार १०:५९:५६ | रासस
unn.prixa.net

झापा – वैदेशिक रोजगारको प्रलोभन देखाइ भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रहरीले उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरेकाे छ । 

पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका ४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । सुदीपलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाइ अनुसन्धान भैरहेको उहाँले जानकारी दिनुभयो । 

अभियुक्त सुदीपले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया युवतीलाई भारतमा २२ हजार रुपैयाँकाे जागिर लगाइ दिने प्रलोभन देखाइ लैजाँदा गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट 'साना हातहरु नेपाल' नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार  गरेका थिए ।

उद्धार गरिएका युवतीलाई सस्थाको संरक्षण गृहमा राखिएको छ । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया