शुक्रबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो

 माघ १७, २०७६ शुक्रबार १०:११:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३१ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा थियो।

यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ५३ पैसा रहेको छ । हिजो यसको खरिददर २९५ रुपैयाँ ९३ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२  पैसा रहेको थियो ।

आज शुक्रबार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९१ पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा रहेको छ । बिहीबार खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ ०२ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो यसको १ को खदिदर ३७३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ९५ पैसा थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३०४ रुपैयाँ १९ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २० पैसा रहेको थियो ।
 

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया