सोमबार कोरियन वन, मलेसियन रिंगिट र कतारी रियालको भाउ घट्यो

 माघ १३, २०७६ सोमबार ११:४८:३४ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार कोरियन वन र मलेसियन रिंगिट र कतारी रियालको भाउ घटकाे छ भने कुवेती दिनार र ओमानी रियालको भाउ बढेकाे छ । अमेरिकी डलर लगायत अरु विदेशी मुद्राकाे भाउमा कुनै परिवर्तन भएकाे छैन ।

सोमबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा तोकेको छ । आइतबार यसको १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा थियो ।

यस्तै, ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ६१ पैसा रहेको छ । हिजो यसको खरिददर २९६ रुपैयाँ ३५ पैसा रहेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ र बिक्रीदर २८ रुपैयाँ १५ पैसा तोकेको छ । आइतबार यसको १ को खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १७ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा तोकेको छ । आइतबार यसको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो यसको १ को खदिदर ३७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५९ पैसा थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४८ पैसा तोकेको छ ।
 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया