विराटनगरलाई 'सुपर ओभर' मा हराउँदै पाेखराकाे दाेस्राे जीत
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या आउँदा श्रम स्वीकृति लगायत अनलाइनबाट हुने काममा समस्या भएको छ ।
सर्भरमा समस्या आएकाले कहिले विस्तारै चल्ने र कहिले नचल्ने भएकाले आजै उडान हुनेहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको वैदेशिक रोजगार विभाग ताहाचल कार्यलयका निर्देशक सुरेश जोशीले बताउनुभयो ।
माघ १ गतेदेखि नै सर्भरमा समस्या आएकाले कहिले चल्ने कहिले नचल्ने भइरहेको विभागका सूचना अधिकार भोलानाथ गुरागाईँले जानकारी दिनुभयो । ‘मर्मतको काम भइरहेको छ, अनलाइनबाट समय लिनुभएका र उडान आजभोली नै हुनेहरुलाई प्राथमिकतामा राखेर काम भइरहेको छ, सूचना अधिकारी गुरागाईँले भन्नुभयो, ‘विभागले भोली पनि सेवा दिने छ ।’
शनिबार नै उडान भएका सेवाग्राहीलाई मध्येनजर गर्दै हामीले बिमा र बैंकसँग पनि अनुरोध गरिरहेका छौं, यदी उहाँहरुले पनि मान्नुभयो भने शनिबार पनि कार्यालय खुल्ला गरेर सेवा दिनेछौं,’ ताहाचल कार्यालयका निर्देशक जोशीले भन्नुभयो ।
विभागको सर्भरमा समस्या आउँदा म्यानपावर व्यवसायीसँगै श्रमिकलाई पनि थप आर्थिक भार थपिएको वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कमल तामाङ बताउनुहुन्छ ।
‘रोजगारदाताले पठाएको टिकट रद्ध भएपछि म्यानपावरले नै त्यसको जिम्मा लिन पर्ने अवस्था छ, श्रमिकलाई पनि काठमाण्डौमा होटलमा बस्नुपर्दा खर्च बढेको छ,’ उहाँ भन्नुहुन्छ ‘गन्तव्य देशमा पनि श्रमिक समयमा नपुग्दा लिन आउनेदेखि काममा लगाउने कुरामा पनि समस्या भएको छ ।’ जनवरी १ देखि विभागले वैदेशिक रोजगारीको सबै काम अनलाइनफर्मत हुने व्यवस्था लागू गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।