नरपानी दुर्घटनाको कारण तीव्र गति : छानबिन समिति

आठ वर्षमा १ सय ५० जनाको ज्यान गयाे, ५ सय ७८ घाइते

 पुष ९, २०७६ बुधबार १७:८:११ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – गएकाे मंसिर ११ गते अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख विष्णुराज बेल्बासेको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले तीव्र गतिका कारण बस दुर्घटना भएको निष्कर्ष निकालेको हो ।

समितिलाई प्रतिवेदन सार्वजनिक गर्न १५ दिनको समयावधि दिइएको थियो । सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु २ ख २१४८ नम्बरको यात्रुवाहक बस सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । समितिले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आयोजित सर्वदलीय बैठकमा सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालयले तयार पारेको घटनास्थलको स्केच, घटनाको प्रकृति, मुचुल्का, गाडीको परीक्षण प्रतिवेदन, रेखाचित्रण लगायतका आधारमा दुर्घटनाको अध्ययन गरिएको  जानकारी दिनुभएको छ । तीव्र गतिको कारण बायाँ साइडको नालीतिर गएर फेरि दायाँ साइड काट्दा रोक्न नसकी बस सिधै भिरबाट खसेको उहाँले बताउनु भयो ।  

जिल्लाका लागि विनियोजित बजेटको ठूलो हिस्सा सडक निर्माणमा खर्च हुने गरेको भएता पनि अझै दुर्घटना न्यूनीकरण भने हुन सकेको छैन । प्रदेश तथा संघबाट बन्ने ग्राभेल र पिच सडकका लागि वार्षिक ५० करोडभन्दा बढी बजेट खर्च हुनेगरेको छ । 

आठ वर्षमा १ सय ५०को मृत्यु 

आठ वर्षको आँकडा केलाउँदा  जिल्लामा भएका सडक दुर्घटनामा परेर हालसम्म १ सय ५० जनाले ज्यान गुमाइसकेका छन् भने ५ सय ७८ जना घाइते भएका छन् । आर्थिक वर्ष २०६९-७० देखि हालसम्म भएका १ सय ४० सडक दुर्घटनामा डेढ सय जनाको मृत्यु भइसकेको छ ।

दुर्घटनामा परेर २ सय ७३ जना गम्भीर घाइते भएका छन् भने ३ सय ५ जना सामान्य घाइते भएका छन् । घाइतेमध्ये थुप्रैको अवस्था अझै चिन्ताजनक रहेको छ । 

जिल्ला समन्वय समितिका अनुसार हाल २८ मुख्य, १६ सहायक स्तरका, ५० गाउँस्तरीय र ९६ टोल स्तरीय गरी झण्डै ११ सयको हाराहारीमा सडक खनिएका छन् । सडकको संख्या हिसाब गर्दा जिल्लाभर २ हजारभन्दा बढी सडक रहेको समितिले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया