काठमाण्डाैले जनकपुरलाई दियाे १ सय २ रनकाे लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डाै – हुण्डीबाट कारोबार गरेको अभियोगमा ३८ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका १८ को नरदेवीमा रहेको अन्जनी ओभरसिजका सञ्चालक ५८ वर्षीय गाेवर्द्धनप्रसाद सरावगी र अर्घाखाँची शितगंगा गाउँपालिका ४ को जोगिनकोटका २३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेका छन् ।
काठमाण्डौ उपत्यकाभित्र गैरकानुनी रुपमा हुण्डीको कारोबार गरी राजश्व छलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाण्डौको न्यूरोडबाट अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले ३० लाख रुपैयाँसहित कृष्णप्रसादलाई र आठ लाख १२ हजार रुपैयाँ तथा विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेकसहित गोवर्द्धनलाई पक्राउ गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।