विराटनगरलाई 'सुपर ओभर' मा हराउँदै पाेखराकाे दाेस्राे जीत
मंसिर २७, २०८१ बिहिबार
कोशराज राई/कुवेत ।
कुवेतमा एक नेपालीको उपचारका क्रममा निधन भएको छ । राहदानी नम्बर ११०३६३९० भएका घोराही उपमहानगरपालिका –२, सुकेडाँगीका ३६ वर्षीय जबिन्द्र परियारको शनिबार राति निधन भएको हो ।
जबिन्द्र रेष्टुरेन्टमा कुकको कामका लागि कुवेत गएका थिए । कुवेत गएको ४३ दिनमै उनको निधन भएको मृतकका भाइ शैलेन्द्र परियारले जानकारी दिनुभयो ।
अक्टोबर २ तारिखका दिन एक्कासी टाउको दुख्ने र धेरै ज्वरो आउने भएपछि उनलाई तत्काल फर्वानियाको सिफा अल जाजिरा अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार गर्न सम्भव नभएपछि फर्वानिया अस्पताल रिफर गरियाे । तर त्यहाँ पनि उनलाई बचाउन सकिएन ।
जबिन्द्रलाई एकदमै कम मान्छेमा हुने ‘ब्रेन टीबी’ भएको र त्यसैको कारण ज्यान गएको अस्पतालले जनाएको छ ।
मृतक परियारका बारेमा दूतावासमा जानकारी भइसकेको बताइएकाे छ । सम्बन्धित निकायसँग समन्वय गरेर शव चाडै नेपाल पठाउन पहल गर्ने नेपाली राजदूतावास कुवेतकी द्वितीय सचिव जानकी ओझाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ujwal karki
Nov. 10, 2019, 4:57 p.m.rip