कुवेती दिनार र ओमानी रियालको भाउ घट्यो, अरु मुद्राको भाउ स्थिर

 कात्तिक ४, २०७६ सोमबार १०:२६:३३ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार कुवेती दिनार र ओमानी रियालको भाउ घटेको छ भने बहराइन दिनारको भाउ केही पैसा बढेको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो आइतबार पनि खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा रहेको थियो । 

आज सोमबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको थियो । 

आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ८७ पैसा रहेको छ । हिजो खरिददर २९५ रुपैयाँ ८० पैसा रहेको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ । हिजो आइतबार पनि खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा थियो । 

रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा बिक्रीदर २७ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ १२ पैसा बिक्रीदर २७ रुपैयाँ २६ पैसा थियो । 

वन १ सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा पुगेको छ । आइतबार पनि खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा नै रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८७ पैसा रहेको छ । हिजो खरिददर ३७४ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २४ पैसा रहेको थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ७० पैसा रहेको थियो ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया