जलवायु परिवर्तनले निम्ताउने सङ्कट न्यूनीकरणका लागि तीन तहकै स...
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – वैदेशिक रोजगारी ठगी मुद्दामा फरार बिमला थापालाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ । काठमाण्डौ महानगरपालिका–१० की ४६ वर्षीया थापालाई प्रहरीले आइतबार बानेश्वरबाट पक्राउ गरेको हो ।
२०७४ असार २६ गते वैदेशिक रोजगार न्यायाधिकरणले बिमलामाथि १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसलालगत्तै फरार रहेकी थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
थापालाई जिल्ला अदालतमार्फत केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।