मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
मकवानपुर - सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले दिएको निवेदनमाथि उच्च अदालत पाटनको हेटौँडा इजलासले बुधबार प्रतिवेदन माग गरेको छ ।
उच्च अदालत पाटनको हेटौँडा इजलासमा भएको बहस तथा पैरवीपछि उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश टेकराज नेपालको इजलासले चितवन अदालतले गरेको निर्णयको प्रतिवेदन माग गरेको हो ।
लामिछाने र कँडेलले मंगलबार अदालतमा निवेदन दिएपछि बुधबार पहिलो सुनुवाइ गर्दै त्यही विषयको प्रतिवेदन पेस गर्न जिल्ला अदालत चितवनलाई आदेश गरेको उच्च अदालत पाटनको हेटौंडा इजलासका प्रवक्ता अमृत घिमिरेले बताउनु भयो ।
आदेशमा जिल्ला अदालत चितवनमा रहेको सुरु प्रमाण मिसिल तथा सरकारी वकिलको कार्यालयलाई समेत जानकारी दिइ प्रस्तुत प्रतिवेदन पेस गर्न आदेश भएको लामिछाने र कँडेलको पक्षमा बहस गरिरहनु भएका अधिवक्ता राजेन्द्र सेढाईले बताउनु भयो ।
दुई हप्ताभित्रमा प्रतिवेदन पेस हुने र मुद्दाको विषयमा सुनुवाइ हुने बताइएको छ । प्रतिवेदनपछि लामिछाने र कँडेलको पक्षमा वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरु सुनिलकुमार पोखरेल, राजेन्द्र सेढाई र अमृतकुमार लामा समेतले बहस गर्ने बताइएको छ ।
गत भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश विपरीत रहेको भनि फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको त्यो आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछाने र कँडेलले मंगलबार निवेदन दर्ता गराएका थिए ।
चितवन जिल्ला अदालतबाट भएको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गरी पाऊँ भन्दै निवेदन दर्ता गरिएको उच्च अदालत पाटनको हेटौंडा इजलासका प्रवक्ता अमृत घिमिरेले जानकारी दिनुभयो ।
शंकास्पद भिडियोलाई वस्तुनिष्ठ मानी प्रमाणको रुपमा लिइ शर्तसहित आदेश गरिएका र धरौटी माग गरिएकाले निवेदन दर्ता गरिएको हो । गएको भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भनि फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरी पाऊँ भनी निवेदन दर्ता गराएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।