काठमाण्डौलाई हराउँदै जनकपुर एक खेलअघि नै प्लेअफमा
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – मंगलबार साँझ कतारको राजधानी दोहामा रहेको जैदा पार्कमा भएको सांघातिक आक्रमणमा परि एक जना नेपालीको ज्यान गएको छ । साथै आक्रमणमा परि ५ जना नेपाली नागरिक घाइते भएको दोहामा रहेको नेपाली राजदूतावासले जनाएको छ ।
आक्रमणमा परि सुनसरी घर भएका तबरेज अन्सारीको ज्यान गएको राजदूतावासले जनाएको छ । अन्सारीको शव घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि हमाद अस्पतालको शव गृहमा रहेको राजदूतावासले जानकारी दिएको छ । नेपाली नागरिकमाथि किन र कसले आक्रमण गर्यो भन्ने कुरा दूतावासले केही जानकारी दिएको छैन ।
त्यस्तै आक्रमणमा परि घाइते भएका मध्ये गम्भीर अवस्थामा रहेका उमर अन्सारीको हमाद अस्पतालकै आईसीयूमै उपचार भैरहेको र इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अवस्थामा उपचाररत रहेको दूतावासले जनाएको छ ।
त्यस्तै घटनामा घाइते भई प्रहरीको नियन्त्रणमा रहेका अकबर मिया र महसुद अन्सारी नेपाली राजदूतावासको टोलीको पहलमा रिहा हुनु भएको छ । घाइतेहरु सबै सुनसरीका बासिन्दा रहेको समेत दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
मृतक र घाइतेहरुको विस्तृत विवरण परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई उपलब्ध गराइने दूतावासले जनाएको छ । त्यस घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर स्थानीय कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
यस प्रकारका घटनालाई मध्यनजर गर्दै दूतावासले अनावश्यक भिडभाड हुने ठाउँमा नजान कतारमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ । त्यस्ता ठाउँमा जानै पर्ने भएमा सतर्कता अपनाउनसमेत दूतावासले आग्रह गरेको छ ।
दूतावासकाे विज्ञप्ति
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bishnu dhakal
Aug. 15, 2019, 10:41 a.m.हत्यामा संलग्न भएकालाई मृत्युदण्ड दिनुपर्छ, ता कि आउने दिनमा यस्ता घटना दोहोरिने छैनन् , साथै परिवारले ब्लड मनिको माग गरेतापनि सम्पूर्ण कतारवासी नेपालीले पैसा जम्मा गरि परिवारमा पुर्याउनेछौं र कुनै हालातमा कतारको कानून अनुसार मृत्युदण्ड माग गर्नुपर्छ / यो दु:खको घडीमा परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस्, हार्दिक श्रद्धाञ्जली !!