नेपाल जान्छु भन्दै झोला बोकेर हिँडेका देवकुमार मलेसियामा हराए

 साउन २२, २०७६ बुधबार १८:५९:१ | उज्यालो सहकर्मी

काठमाण्डौ – सिरहाका एक नेपाली एक हप्तादेखि मलेसियामा सम्पर्कविहीन भएका छन् ।

क्वालालाम्पुरको मार्लफ कम्पनीमा कार्यरत देवकुमार साह एक हप्तादेखि सम्पर्कविहीन  हुनुभएको हो । गएको जेठ १७ गते सेक्युरिटीको काममा मलेसिया गएका देवकुमार त्यहाँ पुगेको २० दिनसम्म सामान्य भए पनि त्यसपछि असामान्य व्यवहार गर्न थालेको उहाँका आफन्त जयप्रकाश चौधरीले बताउनुभयो । 

असारको मध्यतिर देवकुमार नेपाल जान्छु भन्दै कम्पनीबाट झोला बोकेर निस्किनुभएको थियोे । त्योबेला भने साथीभाइले भेटेर फर्काएर कम्पनी लगेका थिए । 

मलेसिया पुगेको एक महिना पनि नबित्दै असामान्य व्यवहार गर्न थालेपछि देवकुमारलाई नेपाल फर्काउने कम्पनीले तयारी गरिरहेको थियो । तर गएको हप्ता कोही पनि नभएको समयमा कम्पनीबाट निस्किएका देवकुमार त्यसपछि सम्पर्कविहीन  हुनुहुन्छ ।

आफन्त जयप्रकाशले भन्नुभयो, ‘न फोन छ, न के, मलेसियाको कुन ठाउँमा परेको होला, परिवारमा पनि एकदमै चिन्ता भएको छ । कतै भेट्नुभयो भने खबर गरिदिनुस् ।’
देवकुमारलाई कतै देखेमा +601123389240 अथवा 9807724155 नम्बरमा सम्पर्क गरिदिन परिवारको आग्रह छ ।

अन्तिम अपडेट: मंसिर २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया