मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
मकवानपुर - हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र ६२ जना डेंगुका बिरामी फेला परेका छन् ।
चालु आर्थिक वर्षको साउन १ गते देखि साउन २२ गतेसम्ममा डेंगुका ६२ बिरामी फेला परेका हुन् । ती बिरामीमध्ये ३० जना सरकारी अस्पतालमा र अरु बाँकी निजी अस्पताल र क्लिनिकमा उपचार गराउने क्रममा देखा परेकाहुन् ।
डेंगुका बिरामी देखा परेपछि चार दिनदेखि जनचेतना जगाउँदै डेंगुको संक्रमण हुने स्थान नष्ट गर्ने काम गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । उपमहानगरपालिकाबाट माइकिङ गर्ने, लामखुट्टेको वासस्थान नष्ट गर्ने, टोल टोलमा यसका बारेमा जनचेतना जगाउने, विद्यालयमा गएर चेतनाको अभियान सञ्चालन गर्ने लगायतका काम गरिएको उपमहानगरपालिकाका स्वास्य शाखा प्रमुख सुपेन्द्र कार्कीले बताउनुभयो ।
विशेष गरी हेटौंडाको वडा नम्बर-४ क्षेत्रमा यसको संक्रमण बढी भएकाले यस क्षेत्रमा चेतना जगाउँदै टोल टोलमा जमेका पानी हटाउने काम भइरहेको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिकाको बुधबारको कार्यपालिका बैठकले प्रत्येक वडामा डेंगु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने बासस्थान नष्ट गर्ने निर्णय गरिएको मेयर महतले बताउनुभयो ।
बुधबारै टोल विकास संस्था नगर समन्वय समितिसँगको अन्तरक्रियामार्फत पनि डेंगु नियन्त्रण लागि काम गर्ने निर्णय भएको छ । हेटौंडामा देखापरेको डेंगु नियन्त्रणका लागि प्रदेश सरकारसँगको सहकार्यमा पनि काम भइरहेको कार्कीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।