सबै विदेशी मुद्राको भाउ बढ्यो, विदेशबाट पैसा पठाउँदा फाइदा

 साउन २२, २०७६ बुधबार १०:३२:१७ | उज्यालो सहकर्मी

काठमाण्डौ – यो हप्ता सबै विदेशी मुद्राको भाउ लगातार बढिरहेको छ । बुधबार पनि सबै विदेशी मुद्राको भाउ बढेको छ ।  भाउ बढेको यो बेला विदेशबाट पैसा पठाउँदा फाइदा हुन्छ ।

नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी खरिददर ११३ रुपैयाँ  र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरिददर ११२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४९पैसा थियो ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा रहेको थियो।

 यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३० रुपैयाँ १७ पैसा रहेको थियो ।

बुधबार यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा पुगेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा थियो ।

रिगिंट १ को खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा रहेको थियो ।

आज बुधबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा  थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४५ पैसा छ । हिजो खरिददर ३७१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७३ रुपैयाँ २७ पैसा रहेको थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा रहेको छ । हिजो खरिददर २९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ०४ पैसा रहेको थियो । 
 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया