काठमाण्डौलाई हराउँदै जनकपुर एक खेलअघि नै प्लेअफमा
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – दक्षिण कोरियामा मृत्यु भएका तीन नेपालीका परिवारलाई दुर्घटना बापतको रकम लिन सरकारले अनुरोध गरेको छ ।
ईपीएसमार्फत दक्षिण कोरिया गएका पाँचथर मिक्लाजुङका सरोज आङदेम्बे, धादिङ कटुन्जेका काठुर तामाङ र उदयपुर त्रियुगाका भुपाल राईका परिवारलाई रकम लिनका लागि सम्पर्क गर्न परराष्ट्र मन्त्रालयले अनुरोध गरेको हो ।
कोरियामा सामसुङ कम्पनीमा उनीहरुको सवारी दुर्घटनामा मृत्यु भएको र उनीहरुको बाँकी तलब लगायत अन्य रकम कम्पनीबाट प्राप्त भएकाले मृतकका हकदारले परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
सरोजका परिवारले १२ हजार ७७९ अमेरिकी डलर अर्थात आजको विनिमय दर अनुसार १४ लाख १३ हजार १६५ नेपाली रुपैयाँ, ठाकुरका परिवारले १८ हजार ६०६ अमेरिकी डलर अर्थात २० लाख ५३ हजार ४५१ रुपैयाँ र भुपालको परिवारले १६ हजार ७८१ अमेरिकी डलर अर्थात १८ लाख ५२ हजार ३५ रुपैयाँ पाउने नेपाली दूतावास सिओलले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।