प्रदेश लोक सेवा आयोगको काम अपारदर्शी र जोखिमपूर्ण : अध्यक्ष रेग्मी
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – माल्टा पठाइदिने भन्दै नक्कली भिसा दिएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
दिल्ली घर भइ अहिले काठमाण्डौ सिनामंगल बस्ने २३ वर्षीय राहुल पाण्डेलाई टेकुबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । भीभी इन्टरनेशनल प्रालिका सञ्चालक दावा शेर्पाको उजुरीको आधारमा पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले भीभी इन्टरनेशनल प्रालिमार्फत विदेश पठाइदिने प्रलोभन देखाएका थिए । प्रहरीका अनुसार पाण्डेले भिसा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्न भन्दै पटक पटक गरी ६५ लाख ७० हजार ६ सय रुपैयाँ ठगी गरेका छन् ।
पाण्डेलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।