मलेसियामा अवैधानिक बसेकालाई घर फर्किने अवसर

 साउन २, २०७६ बिहीबार १८:३२:१७ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियाले अवैधानिक विदेशी कामदारलाई यो वर्ष पनि आममाफीको समय दिने भएको छ । 

मलेसियामा भिसा अवधिभन्दा धेरै बसेका, कागजपत्रबिहीन भएका वा अन्य कारणले अवैधानिक हुन पुगेका नेपालीसहित सबै विदेशी नागरिकलाई आउँदो अगष्ट १ देखि डिसेम्बर ३१ सम्मको समय दिने मलेसियाको  स्थानीय सञ्चार माध्यम मलाय मेलले उल्लेख गरेको छ । 

गैरकानुनी हैसियतमा मलेसियामा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्ताको अवसर दिनका लागि मलेसियाले ‘द ब्याक फर गुड प्रोग्राम’ सञ्चालन गर्न लागेको हो। 

यो कार्यक्रममा समावेश हुनका लागि ७ सय मलेसियन रिंगिट तिर्नुपर्छ । साथै, यो कार्यक्रममा समावेश भएको सात दिनभित्र आधिकारिक कागज जस्तै पासपोर्ट, आपतकालीन यात्रा अनुमतिपत्र र घर फर्किने टिकट आफैंले उपलब्ध गराउनु पर्छ ।

यो कार्यक्रम मलेसियाको अध्यागमन विभाग आफैंले सञ्चालन गर्ने भएकाले कुनै पनि एजेण्ट वा बिचौलियाको भर नपर्न पनि अनुरोध गरिएको छ । यसअघि आममाफीको समयमा घर फर्काउन सहयोग गर्छु भन्दै ठगीका घटना हुने गरेका थिए । त्यसैले यसबाट बच्न मलेसियाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: मंसिर २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया