यूएईमा महिनाको ४ हजार दिर्हाम कमाउने विदेशी कामदारले परिवार लैजान पाउने

 साउन २, २०७६ बिहीबार १३:१५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अब यूएईमा कार्यरत नेपालीसहित अरु विदेशी कामदारले कमाइको आधारमा परिवारलाई पनि आफूसँग राख्न पाउने भएका छन् । माहिनाको चार हजार दिर्हाम कमाउने सबै विदेशी नागरिकले आफ्नो परिवार पनि लैजान पाउने नयाँ नियम लागू भएको हो । 

कम्पनीले बसोबास निशुल्क उपलब्ध गराएकाको हकमा भने मासिक तीन हजार दिर्हाम आम्दानी हुनेले पनि परिवार लैजान पाउनेछन् । यसअघि यूएईमा परिवार राख्नका लागि मासिक कमाइसँगै पद पनि हेर्ने गरिन्थ्यो । तर अब पदका कारण कुनै पनि विदेशी नागरिकलाई परिवारसँग बिछोड नगर्ने नीति यूएईले बनाएको छ । श्रीमान्/श्रीमती र १८ वषभन्दा कम उमेरका अविवाहित छोराछोरी लैजान पाउनेछन् । 

यसले लामो समयदेखि परिवारसँग टाढा रहेका विदेशी कामदारलाई सहयोग पुग्ने यूएईको विश्वास छ । पछिल्लो समय यूएई आउनेहरुको लागि कामदार भिसा प्रणालीमा केही नियमहरु परिमार्जन गरिएका छन् । 

यस्तै यूएईले स्थानीय नागरिकलाई कामका पहिलो प्राथमिकता दिने नीति लिएको छ ।


 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया