होटेल सञ्चालकले पानी लगेको आरोपमा कैदीबन्दीको आन्दोलन सुरु

 असार २४, २०७५ आइतबार १५:३२:२९ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटी कारागारका कैदीबन्दी आइतबार बिहानैदेखि आन्दोलमा उत्रिएका छन् ।

करागारमा कैदीबन्दीका लागि छुट्टयाइएको खानेपानी पाइपलाइन, नजिकै रहेको डाँफे होटेलले काटेर आफ्नो होटेलमा जोडेको भन्दै कैदीबन्दी आन्दोलनमा उत्रिएका हुन् ।

कैदीको आन्दोल तथा नाराबाजीका कारण जिल्ला कारागार डोटीमा तनाबको सृजना भएको छ । कैदीहरुले बिहानैदेखि नाराबाजीसहित प्रहरीलाई कारागारको मूल गेट समेत खोल्न नदिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नाउब उपरीक्षक लालबहादुर धामीले पानीका लागि कैदीबन्दीहरुले आन्दोल सुरु गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘डाँफे होटेलले पाइप लाइन काटेर पानी लगेको भन्ने आरोपसहित कैदीहरु आन्दोलनमा उत्रिएका छन्, हामी त्यसको समाधान गर्ने प्रयासमा रहेका छौं ।’

होटेलले कारागारमा कैदीका लागि दिइएको पाइपलाइन काटेर पानी आफ्नोमा जोडेपछि गएरातीदेखि कैदीहरुले कारागारमा पानी समेत पिउन नपाएको आन्दोलनमा रहेका कैदीहरुको आरोप छ ।

‘हाम्रा लागि छुट्टयाइएको पानी होटेलले लग्यो’, कैदीहरुले गुनासो गरे, ‘नुहाउन र खाना पकाउन त परै जाओस, हामीसँग शौचालय जानलाई पनि पानी छैन ।’ डोटीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार झाले कैदीको लागि ल्याइएको पानीको पाइपलाइन काटेर पानी लगिएको प्रमाणित भए होटेल सञ्चालकलाई कारबाही हुने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया