अवैधानिक कामदारले पेनाङ र जोहोरबारुबाट ट्राभल डकुमेन्ट बनाउन सक्ने

 असार २४, २०७५ आइतबार ११:५०:३९ | उज्यालो सहकर्मी

सुनाखरी मगर/मलेसिया ।

मलेसिया – नेपाली दूतावास मलेसियाले पेनाङ र जोहरबाहरु राज्यमा कन्सुलर सेवा उपलब्ध गराउने भएको छ ।

अवैधानिक कामदार यात्रा अनुमतिपत्र बनाउन दूतावाससम्म आइपुग्दा पक्राउ नपरुन भन्ने उद्देश्यले यी राज्यमा कन्सुलर सेवा उपलब्ध गराउन लागेको दूतावासले जनाएको छ । 

असार ३० गते शनिबार देवान हल बुकित मेर्ताजाम पेनाङ र बागुस सीटी होटेल जोहोरबारुमा कन्सुलर सेवा दिइने छ । स्थानीय समय अनुसार बिहानको १० बजेदेखि सेवा सुरु हुनेछ ।  

एकतर्फी यात्रा अनुमति बनाउन नेपाली नागरिकताको प्रतिलिपी, राहदानीको प्रतिलिपी, दुई वटा फोटो र राजस्व दस्तुर वापत १६० रिंगिट तिर्नुपर्ने छ । 

मलेसिया सरकारले अवैधानिक बिदेशी कामदार लाई  अगस्ट ३० सम्ममा स्वदेश फर्किन समय दिएको छ ।  साथै अवैधानिक धरपकड गर्न थालेपछि त्यसको चपेटामा नेपाली कामदार पनि परेका छन् ।

मलेसियामा झण्डै एक लाख नेपाली अवैधानिक रहेको हुनसक्ने कार्यवाहक राजदूत कुमारराज खरेल जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: मंसिर २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया