काठमाण्डौलाई हराउँदै जनकपुर एक खेलअघि नै प्लेअफमा
मंसिर २७, २०८१ बिहिबार
कतार – कतारमै काम गरिरहेका र कतारमा काम गरेर फर्किएका युवाले संयुक्त रुपमा व्यवसाय थालेका छन् । युवाहरुले सामूहिक लगानीमा काठमाण्डौको चावहिलमा रेस्टुरेण्ट, ट्राभल्स एण्ड टूर र आयुर्वेदिक क्लिनिक सञ्चालनमा ल्याएका हुन् ।
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका र कतारबाट फर्किएका नेपालीहरुको सामूहिक लगानिमा मिमोसा मल्टिपर्पोज कम्पनीमार्फत व्यवसाय सुरु गरेको हुन् ।
सोमबार मिमोसा मिल्टपर्पोज कम्पनी प्रालिको उद्घाटन हास्य कलाकार दीपकराज गिरीले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै कलाकार दीपकराज गिरीले स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण मिमोसा मल्टिपर्पोज कम्पनी भएको बताउनुभयो ।
विदेशमा कमाएर बचत गरेकको केही रकमले स्वदेशमै केही गर्नु पर्छ भन्ने उदेश्यले नेपालमा सामूहिक लगानीमा बहुउद्देश्यीय कम्पनी स्थापना गरिएको र यसले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने लक्ष्य लिएको प्रालिका संस्थापक अध्यक्ष मोहन श्रेष्ठले बताउनुभयो ।
सुविधासम्पन्न कोठासहितको होटल सञ्चालनको तयारी गरिरहेको र कतारमा काम सँगै काम गर्ने विभिन्न देशका सहकर्मी लगायतलाई नेपाल घुम्नका लागि उत्प्ररित गर्ने कम्पनीको आगामी योजना छ ।
नेपालमा आफूले गरेको व्यवसायको बारेमा जानकारी दिने उदेश्यले सोमबार दोहामा पनि कार्यक्रम गरिएको थियो । कार्यक्रममा डीएमआईका दीपक ढकाल, जागरुक युवा समाज नेपाल कतारका अध्यक्ष राज चुवान, सद्भाव युवा समाजका सल्लाहकार सुरेश तामाङलगायतको उपस्थिति थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।