४ महिनामा भित्रियाे ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले यही १५ र १६ गते ‘राष्ट्रिय श्रम तथा रोजगार’ सम्मेलन आयोजना गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी काठमाण्डौमा सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
देशमा बेरोजगारीको समस्या समाधान गर्ने गरी सरोकारवाला व्यक्ति, निकाय र विज्ञहरुसँग पर्याप्त छलफल गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिनु भयो ।
सम्मेलनमा रोजगारीको अवसर सृजना गर्ने क्षेत्रको पहिचान पनि गर्ने गरी कार्यपत्र प्रस्तुत गरिनेछ । प्रस्तुत कार्यपत्रको आधारमा सरकारले युवा बेरोजगारी समस्या समाधानका लागि आवश्यक नीति, कानुन र कार्यक्रम तय गर्ने पनि मन्त्री विष्टले बताउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने सम्मेलनमा सम्बन्धित क्षेत्रका एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा नेपाली श्रम बजारको अवस्था र आयको स्थिति, कार्य संस्कृति र श्रम मर्यादा, नेपालमा युवा उद्यमशीलता, रोजगारी र सूचना प्रविधि, रोजगारीका लागि सीप विकासलगायतका क्षेत्रमा विस्तृत छलफल गर्नेगरी कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।
कार्यपत्र प्रस्तुती अन्तर्गत दुई दिनमा ९ वटा विषयमा ५० जना विषयगत विज्ञको टोलीले प्रस्तुती, टिप्पणी तथा सहजिकरणको व्यववस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
यसैगरी सम्मेलनमा नमुना उद्यमीहरुको प्रदर्शनी कक्ष पनि रहने छ जसमा विभिन्न क्षेत्रका उद्योगी समुह, उद्यमीको सञ्जाल तथा व्यवसायीहरुले आफ्ना क्षेत्रका व्यवसाय विस्तारको सम्भावना, सीप तथा क्षमता विकासको आवश्यकता लगायतका विषयमा प्रदर्शनी गर्ने जनाइएको छ ।
कार्यक्रममा एक सय भन्दा बढी क्षेत्र तथा विधाबाट प्रतिनिधिमूलक रुपमा सहभागिहरु हुने मन्त्रालयले जानकारी दिएको छ । सम्मेलनमा नेपाली रोजगारदाता संस्थाहरुबारे जानकारी दिने खालका प्रदर्शनी स्टलहरु पनि राखिने मन्त्री विष्टले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।