४ महिनामा भित्रियाे ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डाै – शुक्रबार अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको भाउ बढेको छ भने केहीको भने घटेको छ ।
शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९२ पैसा र बिक्रीदर १११ रुपैयाँ ५२ पैसा तोकेको छ । बिहीबार डलरको खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ थियो ।
यस्तै शुक्रबार साउदी रियाल १ को खरिदर २९ रुपैयाँ ५८ पैसा र बिक्रीदर २९ रुपैयाँ ७४ पैसा छ । बिहीबार यसको खरिददर २९ रुपैयाँ ५० पैसा र बिक्रीदर २९ रुपैयाँ ६६ पैसा थियो ।
कतारी रियालको मूल्य भने बिहीबारको भन्दा केही पैसाले घटेको छ । शुक्रबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकिएको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा थियो ।
यूएर्ई दिर्हामको मूल्य पनि बिहीबारको भन्दा केही पैसाले घटेको छ । शुक्रबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा पुगेको छ । बिहीबार खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा थियो ।
यस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६२ पैसा र बिक्रीदर २६ रुपैयाँ ७७ पैसो छ । बिहीबार यसको खरिददर २६ रुपैयाँ ६२ पैसा र बिक्रीदर २६ रुपैयाँ ७६ पैसा थियो ।
यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा तोकिएको छ । बिहीबार यसको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा थियो ।
शुक्रबार कुवेदी दिनार १ को खरिदरदर ३६५ रुपैयाँ र बिक्रीदर ३६६ रुपैयाँ ९८ पैसा तोकिएको छ । बिहीबार यसको खरिददर ३६४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ २६ पैसा थियो ।
यस्तै बहराइन दिनार पनि बढेको छ । शुक्रबार खरिददर २९४ रुपैयाँ ३५ पैसा र बिक्रीदर २९५ रुपैयाँ ९४ पैसा छ । बिहीबार यसको खरिददर २९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९५ रुपैयाँ १० पैसा थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।