भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ हुँदै

 जेठ २४, २०७६ शुक्रबार ११:२३:७ | उज्यालो सहकर्मी

भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ हुँदैछ ।

भक्तपुरका चारवटै नगरपालिकाको संयुक्त आयोजनामा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयनको शुभारम्भ हुन लागेको हो । 

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यता र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको विशेष आतिथ्यमा कार्यक्रम हुँदैछ । सूर्यविनायकबाट कटुञ्जे–तीनधारा सडक निर्माण सुरु गरेर भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागिएको हो । 

प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा करीब दुई करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम छुट्याइएको छ ।

यसमध्ये चाँगुनारायण नगरपालिकाका लागि  ४४ लाख, भक्तपुर नगरपालिकाका लागि ६४ लाख, मध्यपुर थिमि नगरपालिकाका लागि  ७१ लाख ७६ हजार तथा सूर्यविनायक नगरपालिकाका लागि  ६६ लाख ३४ हजार रुपैयाँ बराबरको रकम विनियोजना गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूर्यविनायक नगरपालिकाबाट रोजगारीका लागि ४००, चाँगुनारायण नगरपालिकाबाट ९१० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जना व्यक्तिले रोजगारीका लागि आवेदन दिएका छन् ।
 

अन्तिम अपडेट: मंसिर २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया