४ महिनामा भित्रियाे ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – आज बिहीबार बहराइन दिनारको भाउ घटेको छ भने कोरियन वन केही पैसा बढेको छ । अरु विदेशी मुद्राको भाउ स्थिर छ । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५२ पैसा र बिक्रीदर १११ रुपैयाँ १२ पैसा तोकेको छ ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६३ पैसा छ । आज कतारी रियाल केही घटेको छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा नै रहेको थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा नै रहेको थियो ।
मलेसियन रिंगिटको भाउ आज बिहीबार घटबढ भएको छैन । रिंगिट १ को खरिददर २६ रुपैयाँ ४७ पैसा र बिक्रीदर २६ रुपैयाँ ६२ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ४३ पैसा र बिक्रीदर २६ रुपैयाँ ५७ पैसा थियो ।
कोरियन वन बिहीबार केही पैसा बढेको छ । वन एक सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो बुधबार खरिददरर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा नै रहेको थियो ।
कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६३ पैसा तोकिएको छ । हिजो बुधबार पनि खरिददर ३६३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६३ पैसा थियो ।
बहराइन दिनारको भाउ केही घटेको छ । बहराइन १ को खरिददर २९३ रुपैयाँ ११ पैसा र बिक्रीदर २९४ रुपैयाँ ७० पैसा छ । हिजो खरिददर २९३ रुपैयाँ २६ पैसा र बिक्रीदर २९४ रुपैयाँ ८५ पैसा थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।