काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – गुल्मीको धुर्कोट गाउँपालिकाले १५० जनालाई रोजगारी दिएको छ । सरकारले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ३० दिनका लागि १५० जनालाई रोजगारी दिइएको गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिनुभयो ।
१३ जनालाई शिक्षण संस्थामा, ४ जनालाई स्वास्थ्य संस्थामा, १५ जनालाई सिँचाई कुलो मर्मतमा, १५ जनालाई कृषि र पशुपालनमा, ७ जनालाई विद्युत मर्मतमा, १५ जनालाई खानेपानीमा र ८१ जनालाई सडकमर्मतको काम दिइएको उहाँले जानकारी दिनुभयो ।
धुकोर्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्र हो । मन्त्री विष्टले आफ्नो प्राथमिकता स्वदेशको रोजगारी भएको र अबको पाँच वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने बताउँदै आउनुभएको छ ।
यो वर्ष थप पाँच लाख युवालाई स्वदेशमै रोजगारी दिने सरकारको योजना छ । प्रधानमन्त्री रोजगार कार्याक्रम कार्यान्वयनका लागि मात्रै ५ अर्ब १ करोड बजेट बिनियोजन गरिएको छ । यसअघि गुल्मीकै मुसिकोट नगरपालिकाले पनि ९० जना युवालाई नगरपालिका भित्रै रोजगारी दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।