कुवेती दिनारको भाउ बढ्यो, अमेरिकी डलरसहित अरु विदेशी मुद्रा स्थिर

 जेठ १३, २०७६ सोमबार ९:५८:२१ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार कुवेती दिनारको भाउ केही बढेको छ भने बहराइन दिनारको भाउ केही पैसाले घटेको छ । अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र कोरियन वनको भाउ भने आइतबारकै भाउमा किनबेच गर्न सकिन्छ ।

आज सोमबारका लागि लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ५५ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५८ पैसा र बिक्रीदर २९ रुपैयाँ ७४ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा तोकिएको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा छ । सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४९ पैसा र बिक्रीदर २६ रुपैयाँ ६३ पैसा छ । 

यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ ।

कुवेती दिनारको भाउ भने केही बढेको छ । कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १२ पैसा तोकिएको छ । हिजो खरिददर ३६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ६९ पैसा थियो ।

बहराइन दिनारको भाउ केही पैसाले घटेको छ । बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ २५ पैसा र बिक्रीदर २९५ रुपैयाँ ८४ पैसा छ । हिजो खरिददर २९४ रुपैयाँ २९ पैसा र बिक्रीदर २९५ रुपैयाँ ८८ पैसा थियो । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया