डोटीमा करेन्ट लागेर चार जनाको ज्यान गयो

 असार १९, २०७५ मंगलबार १९:३१:४९ | विमल बिष्ट

डोटी – आदर्श गाउँपालिकाका –१, चासीमा करेन्ट लागेर ४ जनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक (प्रनानी) दिलबहादुर कुँवरले दिनु भएको जानकारी अनुसार करेन्ट लागेर ज्यान गुमाउनेमा त्यही गाउँपालिकाका ३० वर्षीय जयबहादुर खड्का, २३ वर्षीय हरि खड्का, ३५ वर्षीय दिपु खड्का र १९ वर्षीय विरेन्द्र खड्का रहेका छन् । 

गाउँमा विद्युत ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेको बताइएको छ ।  त्यस्तै विद्युत जडानका क्रममा बमबहादुर खड्का घाइते भएका छन् ।  

घटनास्थलतर्फ दिपायलबाट प्रहरी टोली  गैसकेको छ । घटनाको पूर्ण विवरण भने प्रहरी टोली पुगेपछि मात्रै आउने प्रनानी कुँवरले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया