काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – वैदेशिक रोजगार विभागले तोकिएको समयमा विवरण अद्यावधिक नगर्ने म्यानपावर कम्पनीको अनलाइनमार्फत सञ्चालन हुने सम्पूर्ण कारोबार बन्द गर्ने चेतावनी दिएको छ ।
इजाजत प्राप्त म्यानपावर कम्पनीको सम्पूर्ण विवरण जेठ ३ गतेभित्र अद्यावधिक नगरे कारोबार बन्द गर्ने चेतावानी दिएको हो ।
विभागले म्यानपावर कम्पनीहरुलाई वैशाख २३ देखि २९ गतेसम्म आफ्नो कम्पनीको विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न दिएको समय थप गर्दै जेठ ३ गतेसम्मको समय दिएको छ ।
यो अवधिभित्र पनि विवरण अद्यावधिक नगर्ने कम्पनीको कारोबार बन्द गर्ने र कारोबार बन्द भएपछि ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कार्य गर्न नपाउने विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँले जानकारी दिनुभयो ।
म्यानपावर कम्पनीले आफ्नो कम्पनीका कर्मचारीको विवरण र शाखा सञ्जाललगायत विवरण सूचना अद्यावधिक गर्नुपर्ने छ । विभागमा एक हजार ५२७ कम्पनी दर्ता भएकामा अहिले एक हजार २४० मात्र सञ्चालनमा छन् ।
विभागले नियम विपरीत काम गर्ने २०७ मेनपावरको दर्ता खारेजी गरेको छ । ८० भन्दा बढी म्यानपावर कम्पनीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आफ्नो विवरण अद्यावधिक नगरेको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।