वैदेशिक रोजगार विभागले पीडितका उजुरी निःशुल्क लेखिदिन थाल्यो

 वैशाख ३०, २०७६ सोमबार १२:१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागले पीडितका उजुरी निःशुल्क लेखिदिन थालेको छ । वैदेशिक रोजगारमा दुःख पाएर उजुरी दिन कार्यालयमा आएकाहरुबाट निवेदन लेखिदिनेहरुले मनपरी शुल्क लिएको पाएपछि आफैं निवेदन लेखिदिन सुरु गरेको विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिनुभयो ।

पीडित अब व्यक्तिगत उजुरी दिनुपर्ने भए मुद्दा तथा अनुसन्धान शाखाबाट र संस्थागत उजुरी संस्थागत शाखाबाट उजुरी लेखाउन सकिने उहाँले बताउनुभयो । यसले उजुरी लेखाउने नाममा भइरहेको ठगी रोकिने र उजुरी लेख्न अहिले भइरहेको खर्च जोगिने विभागको भनाई छ ।

उजुरी लेख्न बिचौलियाहरुले अहिले सेवाग्राहीहरुसँग दुईदेखि पाँच हजार रुपैयाँसम्म लिने गरेका छन् । योसँगै अहिले देखिएको उजुरीका प्रतिवादीसम्म उजुरीको सूचना चुहिने अवस्थाको पनि अन्त्य हुने विश्वास विभागले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया