सिरहामा खाद्य कम्पनीले धान किन्न थाल्यो
मंसिर २६, २०८१ बुधबार
कपिलवस्तु – कृषकहरुले सहज रुपमा युरिया मल पाउन नसकेका बेला कपिलवस्तुमा दुईओटा ठूला प्लाइउड उद्योगबाट शंकास्पद ६६ मेट्रिक टन युरिया मल बरामद गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सुराकीको आधारमा शिवराज नगरपालिका– ७ मा रहेको जय अम्बे प्लाइउड उद्योग र लोहरौलामा रहेको पशुपति प्लाइउड इण्डष्ट्रिज कम्पनीबाट २ हजार ६ सय ३० बोरा मल नियन्त्रणमा लिएको हो । कम्पनीबाट झार्दै गरेको ४ सय ४० बोरा मल कम्पनीमा र बाँकी मल कन्टेनरमै राखी प्रशासनले थप अनुसन्धान थालेको छ ।
नियन्त्रणमा लिइएको यो कन्टेनर वडा प्रहरी कार्यालय चन्द्रौटामा राखिएको छ । चीनबाट खरिद गरिएको उक्त परिमाणको युरिया मल भारतको कलकत्ता बन्दरगाह हुँदै सुनौली नाकाबाट भित्रिएको थियो । यस अघि लुकीछिपी सहुलियत दरकै मल कृषि सामाग्री कम्पनी लिमिटेडसँगको मिलोमतोमा खरिद गर्दै आएको उद्योगले यस पटक ठूलो परिमाणमा युरिया मल चीनबाट खरिद गरेर ल्याएको हो ।
आफूहरुले सरकारसँगको स्वीकृतिमा चीनबाट युरिया मल खरिद गरी ल्याएको र यो खरिद पूर्ण रुपमा वैध रहेको पशुपति प्लाइउड इण्ड्ष्ट्रिजका सञ्चालक अशोक कुमार अग्रवालले बताउनुभयो ।
किसानहरुलाई मल उपलब्ध गराउन सरकारले खासै चासो नदिने र उद्योगीहरुका लागि विशेष पहल गर्ने परिपाटीको कपिलवस्तु किसान संघका अध्यक्ष अनुप चौधरीले विरोध जनाएका छन् । यसै गरी कपिलवस्तु किसान संघका अध्यक्ष चतुुर्भुजमणी त्रिपाठीले कृषकहरुलाई सहज ढंगबाट युरिया मलको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।